समाचार

कृषिमा ‘हाइटेक ’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै

खोटाङ। गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् । सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग […]

प्रविधिको विकास : स्याङ्जामा वेमौसमी सुन्तला पाक्यो, अब बाह्रै महिना खान पाइने

स्याङ्जा। स्वादिलो सुन्तला फल्ने जिल्लाका रुपमा परिचित स्याङ्जामा भदौदेखि नै वेमौसमी सुन्तला पाक्न थालेको छ भने अब बाह्रै महिना खान पाइने भएको छ । पुतलीबजार ११ मायाँटारीका बोधराज अर्यालको बगैँचामा भदौदेखि नै वेमौसमी सुन्तला पाक्न थालेको हो । सामान्यतया मंसिर पुसदेखि रैथाने जातका सुन्तला खान पाइन्थ्यो अब वेमौसमी सुन्तला फल्न थालेको छ, बाह्रै महिना खान […]

प्राङ्गारिक खेती गर्न प्लाष्टिक टनेल निर्माण गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

काभ्रेपलान्चोक। कृषि ज्ञान केन्द्र काभ्रेपलान्चोकले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत कार्यक्रम अनुशार विभिन्न प्राङारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशन गरी कृषक, कृषि फार्म, कृषि सहकारी, कृषि फर्म तथा कम्पनीलाई सूचना प्रकाशन भएको ३० दिन भित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ । प्राङरिक कृषि […]

किसानलाई मार्सी धान भित्र्याउन चटारो

जुम्ला। जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताउनुभयो । यहाँका किसानले लगाएकोे प्राय स् सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन् […]

ओइले रोगले गोलभेँडाको बोटै सुकायो

गलकोट। २० वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश भएकी छिन् । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा खेती सुकेपछि यो मौसममा लगानी खेर गएको छ । गोलभेँडामा ओइले रोगको प्रकोप रहेको जनाइएको छ […]

पशु बीमामा कृषकको बढ्दो आकर्षण

तनहुँ। तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५ /७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ […]

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा। रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् । बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । […]

गुर्जो वितरण अभियान तीव्र

ललितपुर। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको राससलाई जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन […]

खेती प्रणालीमा दलहन बालीको भूमिका

देशको कुल जनसङख्या मध्ये ६५% भन्दा माथि मानिसको संलग्नता भएको र कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको कृषिप्रधान देश नेपाल अझपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । खाद्यान्न बाली, दलहन, तेलहन, तरकारी, फलफूल आदि विभिन्न प्रकारका बाली खेती गरिने हाम्रो देशमा धान, गहँु, मकैलाई मुख्य बालीका रुपमा लिइन्छ भने दलहनलाई दोस्रो मुख्य […]

दुर्गन्धित ठाउँलाई सुगन्धित बनायो नर्सरीले

गण्डकी। करिब एक दश अघिसम्म डम्पिङ साइटका कारण नाक थुनेर हिँड्नुपर्ने पोखरा पृथ्वीचोकस्थित चाइनापुलको किनारा अहिले भने नर्सरीका कारण सुगन्धित बनेको छ । विभिन्न जातका फूल र फलफूललगायतका बिरुवा उत्पादन गर्दै आएको श्री भद्रकाली नर्सरीका कारण चाइनापुल किनाराको पहिचान नै बदलिएको छ । स्याङ्जाको साविक राङभाङ गाउँ विकास समिति वडा नं ५ अर्चुङवास जन्मस्थान भएका […]