किसानबाट धान खरिद गर्ने सहकारीलाई सरकारले क्विन्टलको ११२ रुपैयाँ अनुदान दिने
ललितपुर। सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो । कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका -२०७७’ पारित गरेको छ । निर्देशिकाअनुसार सहकारीहरुले […]





