समाचार

जिल्लामा उत्पादित टिमुरले बजार नपाउँदा कृषक निराश

सल्यान। जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ । टिमुर खरिदका लागि व्यापारी अहिलेसम्म घरघरमै आउने गरेको भए पनि अहिलेसम्म व्यापारी नआएको किसानको भनाइ छ । आफूहरुले उत्पादन गरेको टिमुरले […]

बीजवृद्धि विस्तारमा सहकारी

भिजनी। किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको हो । सहकारी संस्थाले यस वर्ष ३७२ मेट्रिक टन धानको बीउ उत्पादन गरेको छ । यो गत वर्षभन्दा झण्डै २०२ मेट्रिक टन […]

चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण

इलाम। चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो […]

बारपाकबासीलाई कृषि तथा पशुपालन कर्जा दिंदैं ग्लोबल आईएमई बैंक

ललितपुर। ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरे । समझदारी अनुसार बैंकले आवश्यक प्रकृया […]

हिमाली भेगमा ट्राउट र पहाडमा कार्प माछा उपयुक्त

कर्णाली। कर्णालीका हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने एक अध्ययनले देखाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा युएसएआइडी पानी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा मत्स्यपालन तथा समुदायमा आधारित मत्स्य व्यवस्थापनको सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययनले कर्णालीका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा ट्राउट तथा दैलेख, सुर्खेत, […]

गाउँपालिकाले छाड्यो आँधीखोलामा माछाका भुरा

स्याङ्जा। आँधीखोला गाउँपालिकाले खोलामा माछाका भुरा छाडेको छ । पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको जनाएको छ । कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका […]

१८ हजार स्याउका बिरुवा माग

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसँग १८ हजार स्याउका बिरुवा माग गरेको छ । हुम्लामा व्यावसायिक स्याउखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो सङ्ख्यामा प्रदेश सरकारसँग स्याउका बिरुवा माग गरेको हो । स्याउखेतीको बढी सम्भावना भएका हुम्लाका गाउँपालिकालाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले १८ […]

किसानलाई ड्रागन फ्रुटको बिरुवा

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको […]

स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलको बजार अभाव

कास्की। पृथ्वीराजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार भने पाउन सकेको छैन । वैकल्पिक ऊर्जाको प्रयोगबाट ग्याँस र मलमा देशलाई आत्मनिर्भर बनाउन योगदान गर्ने उद्देश्य […]

बाँझो जमिनमा खेती गर्ने कृषकले पाए अनुदान

पर्वत। पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिन सदुपयोग गरी खेती गर्ने नगरभित्रका ९७ जना कृषकलाई अनुदान रकम वितरण गरेको छ । चालू आर्थिक वर्षमा नगरका ११ वटै वडामा बाँझो जमिन जोतेर खेती गर्न शुरुआत गरेका कृषकलाई रु १० लाख ५१ हजार अनुदान वितरण गरेको हो । कृषकलाई क्षेत्रफलका आधारमा प्रतिरोपनी रु दुई हजारका दरले अनुदान रकम […]