समाचार

कृष्णसार ल्याउन अध्ययन सुरु

चितवन। वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्न थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र […]

पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा

पाँचथर। पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक […]

इतिहास बोकेको इलामको चिया बगान मासिँदै

इलाम। ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प¥यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको छ र सँगसँगै माया पिरतीको पनि । गीत सुनेपछि जो कोहीलाई लाग्न सक्छ, इलामको चियाबारी कति राम्रो होला रु तर इलामका सरकारी चियाबगानमध्ये इलाम सदरमुकामभित्रै पर्ने इलाम चिया […]

जलपन्छी गणना गरिँदै

ललितपुर। हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको […]

बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन

बारा। बारामा यस वर्ष रु तीन अर्ब ३३ करोड ९६ लाख ७ सय ५० बराबरको एक लाख ४५ हजार २ सय १ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ । कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा खेती […]

बन्दाबन्दीले डोर्‍यायो च्याउखेतीतर्फ

महेन्द्रनगर। कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेसियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेसिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस संक्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेसिया जाने सोच सफल हुन सकेन् । गत चैतको दोस्रो सातादेखि यहाँ बन्दाबन्दी गरिएपछि घर खर्च चलाउने चिन्ताले केही समय गाउँमै भौँतारिएका रानाले […]

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छिन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो । पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’ श्रमलाई सम्मान गर्ने […]

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

दाङ। कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा […]

एउटै गाउँमा डेढ करोड रुपैयाँको सुन्तला उत्पादन

पर्वत। सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल […]

कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्नु ओलीको राष्ट्रघाती कदम : डा. भट्टराई

ललितपुर। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् । डा. भट्टराईले सरकारले छापामार शैलीमा कृषिमा वैदेशिक लगानी खुला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती, जनघाती र सबै हिसाबले गलत भएको बताएका छन् । शुक्रबार ट्विटमार्फत डा. भट्टराईले वैदेशिक […]