ललितपुर। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् ।
डा. भट्टराईले सरकारले छापामार शैलीमा कृषिमा वैदेशिक लगानी खुला गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती, जनघाती र सबै हिसाबले गलत भएको बताएका छन् ।
शुक्रबार ट्विटमार्फत डा. भट्टराईले वैदेशिक लगानीले थला परेको कृषि झन् बर्बाद हुने र किसान वेदखल हुने तथा खाद्य सुरक्षा धरापमा परेर अर्थतन्त्र थप परनिर्भर हुने दावी गरेका छन् ।
छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ त्यो सबै हिसाबले गलत,जनघाती,राष्ट्रघाती छ।यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ;किसान वेदखल हुनेछन्;खाद्यसुरक्षा धरापमा पर्नेछ;अर्थतन्त्र अरू परनिर्भर हुनेछ।सबैले प्रतिरोध गरौं।#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) January 1, 2021