समाचार

किसानका समस्या बुझ्न मन्त्री गाउँमा

कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी किसानका समस्या बुझ्नका लागि गाउँगाउँ पुग्न थालेका छन् । किसानसँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका कुरा सुन्ने र सोही अनुसार योजना बनाउने योजनाका साथ मन्त्री चौधरी गाउँगाउँमा पुग्न थालेका हुन् । किसानसँग प्रत्यक्षरुपमा छलफल गरी कृषि क्षेत्रको योजना बनाउनका लागि स्थलगत भ्रमण गर्न सुरु गरिएको […]

स्थानीय निकायमा पशुपालन आयोजना सञ्चालन

बलेवा। बागलुङका स्थानीय तहले चालु आर्थिक वर्षमा पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा साढे चार करोड बजेट खर्च गर्ने भएका छन् । स्थानीय तह आफैँले बनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन र सङ्घीय ससर्त अनुदान कार्यान्वयन गर्दा उक्त बजेट खर्च हुने भएको हो । जिल्लाका १० स्थानीय तहले पशुपक्षी तथा मत्स्यपालनका क्षेत्रमा तीन करोड ४३ लाख ८८ हजार […]

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाही। सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै […]

‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान

मलेखु। धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला […]

धानमा गबारोको समस्या

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताए । धानमा देखिने […]

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । “हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको […]

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक

डोल्पा। उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै वडा नम्बर ७ […]

बाँदर आतङ्क क्षेत्रमा बेसार खेती

तनहुँ। कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी […]

मनाङमा कृषि क्षेत्र प्रवर्द्धन प्राथमिकतामा

मनाङ। हिमाली जिल्ला मनाङको कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइएको छ । विशेषगरी यहाँको जनजीविका चलाउन गरिएको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्राविधिक सेवा तथा प्रयोगशाला र विकासलाई तीन करोड ५६ लाख ६९ हजार विनियोजन गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । […]

धानको गाँज कुहिन थाल्यो, किसान चिन्तित

गलकोट। खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् । बडिगाड गाउँपालिकाले दुई लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, […]