समाचार

बढ्यो गहुँको न्यूनतम सर्मथन मूल्य

ललितपुर। सरकारले गतवर्षको भन्दा ९६ रुपैयाँ प्रति क्विन्टलले बढाएर यस वर्षको लागि गहुँको समर्थन मूल्य तोकेको छ । गत फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको हो । सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि उक्त मूल्य तोकेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गत वर्ष गहुँको […]

चैते धान रोप्न चटारो

भजनी। कैलालीको भजनी नगरपालिका– ३ का खडक साउद यतिबेला खेतमा व्यस्त छन् । चैते धान रोप्ने चटारोले खडकको परिवार सबै खेतमै छन् । उनले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताए । “गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट ग¥यो । धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन”, खडकले भने, “यस वर्ष […]

गोलभेंडा उत्पादक कृषकहलाई मेगा बैंकको सहुलियत कर्जा

ललितपुर। मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो […]

अवकाश पछि मौरीपालनमा सक्रिय

धादिङ। सामान्यतया जागिरे जीवनबाट बिदा भएर घर आएपछि मानिस आराम गरेर बस्ने गर्छन् । सेवाबाट अवकास लिएर घर बसेका मानिसका छोराछोरी विदेशमा छन् भने बुढेसकालमा उनीहरु केही काम गरेको देखिँदैन । नीलकण्ठ नगरपालिका– १४ धुवाँकोटका ५३ वर्षीय नारायण घिमिरे भने नेपाली सेनाबाट अवकाश भएपछि नमूना किसान भएका छन् । सेवा निवृत्त भए पनि समयको सदुपयोग […]

मकवानपुरमा पशुमैत्री उद्यान

हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाएको छ। गाउँपालिकाको वडा नं ३ कालीखोला सामरीमा पशुमैत्री उद्यान निर्माण हुने छ। स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको सहयोगमा निर्माण गर्ने गरी बहुवर्षीय योजनाअन्तर्गत पशुमैत्री उद्यान निर्माण गर्ने काम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए। परियोजनाको विस्तृत प्रतिवेदनअनुसार […]

स्यालो ट्यबुवेलको माग बढ्दै

वाग्मती। आकाशे पानीको भरमा खेती गरिरहेको र अन्य सिँचाइका माध्यम नरहेको वर्तमान अवस्थामा सजिलो एवं सरलरुपमा सिँचाइ गर्ने माध्यमका रुपमा स्यालो ट्युबवेलको माग बढ्दै गएको छ । बारा, पर्सा र रौतहट जिल्लामा किसानद्वारा स्यालो ट्युबवेलको मााग बढ्दै गएको हो । पर्सा जिल्लामा रहेको भूमिगत जलस्रोत सिँचाइ विकास समितिको कार्यालय वीरगञ्जमा सो ट्युबवेलको जडानका लागि माग […]

मौरीबाट उपचार गर्ने थेरापी केन्द्र स्थापना गरिँदै

चितवन। पूर्वी चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरुआत गरिएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको रु पाँच लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको […]

नेपाल ह्याचरी उद्योग संघकको अध्यक्षमा पौडेल

ललितपुर। नेपाल ह्याचरी उद्योग संघकको अध्यक्षमा ऋषिराम पौडेल निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न संघको पन्ध्रौ शाधारण सभा तथा महाधिवेशनले पौडेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । साथै अधिवेशनले १८ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । संघको नयाँ कार्यसमितिको निवर्तमान अध्यक्ष टिकाराम पोख्रेल,बरिष्ठ उपाध्यक्ष लक्ष्मीदास मानन्धर,प्रथम उपाध्यक्ष डा. बलराम किसी,दित्तिय उपाध्यक्ष ज्ञानवहादुर बिसुराल,महासचिव […]

कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पतालका कार्यालय स्थापना

कास्की। मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरे । सङ्घीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय सञ्चालनमा ल्याएको हो […]

६५ घरधुरी मिलेर टिमुर खेती

तनहुँ। आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष […]