समाचार

खेतमै सुक्यो धान, चिन्तामा किसान

बेदकोट। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् । साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउछन् । “बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन”, उनले […]

रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता

रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उनी […]

व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी

घोराही। तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लागेका छन् । सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आएका हुन् । व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानीसमेत लिन थालेको बताए । पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री […]

तरकारी खेतीबाट २५ लाख बढी आम्दानी

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका […]

खरायो पालनले सिर्जना गरेको रोजगारी

कर्णाली। एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका अवसर […]

माछाका भुरामा गण्डकी छैन आत्मनिर्भर

गण्डकी। ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सो केन्द्रमा मात्र माछाको ह्याचरी छ । ‘प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेन, निजी क्षेत्रबाट पनि ह्याचरीमा […]

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

भरतपुर। चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् । कालिका नगरपालिका–५ का दिपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउछन् । उनले […]

माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

जनकपुर। धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पु¥याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई–मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ । दुई साताअघिदेखि क्षीरेश्वरनाथ नगरपालिका–४ हरैया टोलका […]

विद्यार्थीलाई चरा चिनाउने अभियान

झापा। दुई दशकअघिसम्म तराईका अग्लाअग्ला सिमलका रुखमा प्रशस्त गुँड बनाएर चल्ला कोरल्ने गिद्ध र भुँडीफोर गरुड चरा अब लोप हुँदै गएका छन् । बासस्थान र आहाराको स्रोत मासिएसँगै पूर्वी तराईमा यी चरा हराउँदै गएको विज्ञहरु बताउँछन् । यस्तै लोपोन्मुख चराको संरक्षण गर्न चरा तथा वन्यजन्तु संरक्षण समाजले झापा र इलाममा अभियान सुरु गरेको छ । […]

तमानखोलामा ‘आलु महोत्सव’

ढोरपाटन। बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं. ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रवद्र्धन र […]