एएफयूमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला
चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू) रामपुरमा अत्याधुनिक एकीकृत अनुसन्धान प्रयोगशाला निर्माणको प्रक्रिया अघि बढाईएको छ । विश्वविद्यालय परिसरमा रहेको जैविक प्रविधि केन्द्रको नयाँ भवनमा रु १५ करोड १२ लाख लागतमा प्रयोगशाला निर्माण गर्न लागिएको हो । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार प्रयोगशालाभित्र अत्याधुनिक पाँच वटा छुट्टाछुट्टै प्रयोगशाला […]