समाचार

बाख्रापालक किसानलाई बोयर बोका उपहार

महोत्तरी। जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक÷एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख […]

केही स्थानमा भारी वर्षाको सम्भावना

ललितपुर। अहिले देशभर मनसुनी वायुको प्रभावका कारण देशभर बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित […]

दूध बेचेर वार्षिक डेढ करोड आम्दानी

टिस्टुङ। मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाउनुभयो । उहाँले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८९३ लिटर दूध बेच्नुभयो । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गर्नुभयो […]

वनकाली उद्यानमा गुर्जो रोपण

ललितपुर। पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लागेका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार […]

केरा खेतीबाटै मनग्य आम्दानी

कञ्चनपुर। असारबेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित छन् । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आएका छन् । जिल्लामै सबैभन्दा बढी जग्गामा केरा खेती गरी आम्दानी गर्नेमा उनी एक्लो किसानमा पर्छन् । शुरुमा एक विघा जग्गामा केरा खेती गर्दै आएका रानाले हाल १७ विघा जग्गामा केरा खेती गरेका छन् […]

विदेशको मोह त्यागेर गाउँमा बाख्रापालन

म्याग्दी। आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्ल मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्ल पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् । उन करीब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश […]

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र निर्धारण गरेको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । ‘स्थानीय उत्पादनलाई जोड दिँदै बाँझो जग्गामा पूर्ण खेती […]

अनुदान पाएपछि किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसाय कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमअन्तर्गत मध्यवर्ती युवा बाख्रापालन समूहमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराई व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख गराइएको छ । व्यावसायिक रूपमा बाख्रापालनका लागि परियोजनाले १५ लाख २२ हजार १५० र समूहमा आबद्ध किसानले […]

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर। अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका किसानलाई गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो । पालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, ‘फौजी किराका […]

टिमुरको व्यवसायिक खेतीमा आकर्षण

गण्डकी। पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यवसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि […]