समाचार

शनिवारदेखि मनसुन सक्रिय हुने : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

ललितपुर। शनिवारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रवार एक बुलेटिन निकालेर शनिवारबाट सोमवारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बंगालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । सुदूरपश्चिम, कर्णाली […]

चिराइतोको मूल्यमा सुधार

ताप्लेजुङ। पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु. १५ हजारका दरले कारोबार भइरहेको छ । उता झापाको बिर्तामोडमा भने प्रतिमन रु. २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको […]

५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख

काभ्रे। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेका छन् । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उनी मनग्य आम्दानी गर्न सफल भएका छन् । उनले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै भैँसी, गाई र तरकारी […]

प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ बन्यो झापामा

झापा। झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रू. एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवर्द्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा […]

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड

बनेपा। स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै आर्थिक वर्षमा […]

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

कन्चनपुर। कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र उपलब्ध गराएको छ । निर्देशनालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कृषि यान्त्रिकीकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत किसानलाई कृषियन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । किसानलाई पावर ट्रिलर, मिनी ट्रिलर, धान थ्रेसर, गहुँ थ्रेसर, […]

खैरहनी नगरपालिकाका किसानलाई निःशुल्क कृषि बीमा

चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेबापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालू आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने […]

गोहीका २६५ बच्चा कोरलिए

चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २६५ वटा बच्चा कोरलिएका छन्। राप्ती र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर) लगायतका क्षेत्रबाट २३८ वटा अण्डा सङ्कलन गरिएको थियो। नारायणी नदीको भेलौजी र शिसुवारबाट २१० वटा अण्डा सङ्कलन गरिएको हो। कूल […]

३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट

दैलेख। लगातारको वर्षासँगै आएको हावाहुरीले दैलेखको नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ । दाना लाग्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । आइतवार राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको ६ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई […]

बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

कलैया। बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन […]