समाचार

पाक्न लागेको जुम्ली स्याउ

जुम्ला।  जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको बगैंचामा पाक्न थालो जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने उनको भनाइ छ । जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने कृषि विकास कार्यालय जुम्लाले बताएको छ । तस्वीर : रासस

वागवानी केन्द्रबाट ५२ लाखको आँप बिक्री

सर्लाही। लालबन्दीस्थित उष्ण प्रदेशीय वागवानी केन्द्रले यस वर्ष ५२ लाख रुपैयाँभन्दा बढीको आँप बिक्री गरेको छ। केन्द्रले पटकपटक ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि कर्मचारी नै खटाएर आँप बिक्री गरेको हो। आँप बेचेर असार मसान्तसम्म ५२ लाख रुपैयाँ बढी आय भएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार केन्द्रले आँप बिक्रीबाट अघिल्लो वर्षको तुलनामा […]

म्याग्दीमा अर्ग्यानिक तरकारीको लहर

म्याग्दी। विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग परेका छन् । जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अग्र्यानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन् […]

वालिङका कृषकलाई भैँसी वितरण

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो । उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु […]

गाउँपालिकाद्वारा किसानलाई कृषक क्रेडिटकार्ड वितरण

मकवानपुर। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३ दशमलव ५६ प्रतिशत र पुरुषलाई ४ दशमलव ५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड […]

केरा खेतीमा गवाँरो रोग लागेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी। हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको […]

कृषि विकास बैंकको बैंकिङ सेवा तीन दिनका लागि बन्द हुने

ललितपुर। कृषि विकास बैंकको बैंकिङ सेवा आज (शुक्रवार) देखि आइतवारसम्म बन्द हुने भएको छ । शुक्रवार दिउँसो २:३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जानकारी गराएको हो । बैंकले हाल सञ्चालनमा ल्याएको कोर बैंकिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले उक्त सेवा बन्द हुने भएको हो । […]

रसुवामा पहिलोपटक व्यावसायिक च्याउखेती शुरु

रसुवा। उत्तरी रसुवामा पहिलोपटक परीक्षण गरिएको च्याउखेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन शुरू भएको छ । स्थानीय बासिन्दाका साथै लाङ्टाङ एवम् तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथमपटक ५० ओटा थैलोमा च्याउको बिजारोपण गरिएको हो । रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि […]

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

वाग्मती। नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं २०७७ […]

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

पाँचथर। बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु १० देखि १२ मा बिक्री भइरहेको छ । गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त […]