समाचार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसवर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैँका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने […]

शीतभण्डारमै बिग्रियो लाखौँको आलु

रामपुर। शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने नै भए । ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा ल्याइयो । किसान उत्साहित हुँदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले । अहिले भने किसान यसरी […]

वनपैदावार उपयोग नीति ल्याउन माग

गण्डकी। सामुदायिक वन उपभोक्ता महासङ्घले वनपैदावार उपयोग नीति ल्याउन सरकारसँग माग गरेको छ । सामुदायिक वन अधिकार सम्मेलन तथा महासङ्घको राष्ट्रिय कार्य समितिको छैटौँ बैठकका सहभागीले सो माग गर्दै वनपैदावार नीतिले मात्र वन संरक्षण हुने बताए । ‘दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकारः उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार’ भन्ने नाराकासाथ दाङको तुलसीपुरमा हालै सो बैठक […]

हिउँदेबाली भित्र्याउने चटारोमा उपल्लो डोल्पाका किसान

डोल्पा। उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिए । अन्य समयमा हिउँले सेताम्य हुने […]

यस वर्षको मनसुन केहि दिन अझै कायमै

ललितपुर। यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार […]

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा। दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो […]

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा […]

‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

बागलुङ। पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उहाँले पाउनुहुन्न । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोख्नुभयो । उहाँको थातथलो रहेको बागलुङ नगरपालिका–७ कालिमाटी दलित बाहुल्य बस्ती हो । विश्वकर्माझैँ त्यहाँका […]

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो

बर्दिया। गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए । नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी […]

५ लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने तयारी

ललितपुर। सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करीब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको सोमवार आयोजित कार्यक्रममा जानकारी दिइएको छ । मलखाद व्यवसायी संघ नेपालको पाँचौं साधरणसभा तथा दोस्रो महाधिवेशनमा यहाँ सोमवार आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले […]