समाचार

रसुवाको ट्राउट माछा दार्चुलासम्म विस्तार

रसुवा। उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको संख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । विसं २०७१ देखि […]

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन। कोरोना संक्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । […]

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

ललितपुर। दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् । एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय […]

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’

ललितपुर। विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि नै हो । कृषि र कृषकका नाममा राज्यको ढुकुटीबाट अर्बौं रकम रित्तिन्छ तर विडम्बना आजसम्म मुलुकमा ‘कृषि […]

तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

ललितपुर। मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी […]

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

गलकोट। एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आउनुभएकी यामकुमारी थापा हस्तकलामा व्यस्त […]

चितवनमा ९२ प्रतिशत रोपाइँ सकियो

चितवन। चितवनमा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । त्यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बांँकी छ । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकामा सबै रोपाइँ सकिएको छ । ज्ञान केन्द्रका प्रमुख राजन […]

दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ। बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा […]

भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो

ललितपुर। भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले इच्छा दखाएका हुन् । यसका लागि अहिलेसम्म ३० स्थानीय तहले इच्छा देखाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी गराएको छ । हालसम्म […]

झापाका कृषकलाई दुई करोड अनुदान

झापा। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रु एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए । […]