समाचार

ढुवानी ठप्प हुँदा बागलुङमा महँगियो तरकारी तथा फलफूल

बागलुङ। ढुवानी ठप्प हुँदा यहाँ तरकारी र फलफूल महँगिएको छ । पोखरा–बागलुङ सडक खण्डमा पहिराले बिहीवारदेखि यातायात सेवा अवरुद्ध भएपछि तरकारी र फलफूल ढुवानी गर्न सकिएको छैन । व्यापारीले मनपरी मूल्य बढाएको उपभोक्ताको गुनासो छ । व्यवसायी भने दोब्बर भाडा तिरेर ढुवानी गर्नु परेकाले मूल्य बढाउनु परेको बताउँछन् । स्थानीय किसानबाट खरीद गरेको तरकारी यसै […]

मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार

पाल्पा। तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो । महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्बन महिला समूहमा आबद्ध दिदीहरुले व्यावसायिकरूपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समूहलाई व्यावसायिक बनाउन […]

आज कुशे औँसी : पितृ सम्मान दिवस मनाइँदै

ललितपुर। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व मंगलवार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

हलियामुक्तिका १३ वर्ष : अझै पुनःस्थापनकै पर्खाइमा

कञ्चनपुर। हलियाप्रथा मुक्तिको घोषणा भएको १३ वर्ष पुगेको छ । मुक्त हलियाको अवस्था अझै दयनीय रहेको छ । नेपाल सरकार र हलिया महासङ्घबीच भएको पाँचबुँदे सम्झौताको भावना र मर्मअनुरुप हलिया पुनःस्थापनको कार्य अपेक्षाकृतरुपमा प्रगति हुन सकेको छैन । राष्ट्रियमुक्त हलिया समाज महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनारका अनुसार नेपाल सरकारबाट प्रमाणीकरण भएका सुदूरपश्चिमका नौ र कर्णाली […]

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा

ललितपुर। मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्नेछ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसमविज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “उक्त प्रणालीको प्रभाव मङ्गलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि […]

सिन्धुपाल्चोकमा उन्नत जातको ओखरखेती शुरु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती शुरु गरिएको छ । बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले […]

कृषि ज्ञान केन्द्र डेढ महिनादेखि प्रमुखविहीन

लमजुङ। कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो । प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको […]

‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण

ललितपुर। ट्राफिक प्रहरीले ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भदौ १६ गतेदेखि सुरु भएको सो अभियानअन्तर्गत आज नेपाल प्रहरी कुकुर तालिम केन्द्र परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । महाशाखाले गत वर्ष तीनकुनेस्थित पार्कमा वृक्षरोपण गरेको थियो । काठमाडौँ उपत्यकाका विभिन्न नर्सरी र वन कार्यालयसँगको समन्वयमा महाशाखाका […]

जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै

नेपालगञ्ज। अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो […]

दोस्रो ‘कौसी क्विन २०७८’ प्रतियोगिता हुने

ललितपुर। दोस्रो एनटिएस कौसी क्विन–२०७८ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि भदौ २० गतेसम्म समयसीमा तोकिएको छ । त्यस्तै यही भदौ २२ देखि आगामी असोज २० गतेसम्म भोटिङको समय हुनेछ भने फाइनल इभेन्ट आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ । प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालन गर्दै आइएको हलोखबर डटकमले गत वर्षजस्तै यस वर्ष […]