समाचार

अलैँचीले भाउ पाएपछि किसान मक्ख

बागलुङ। बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाए । यस्तै समूहको अध्यक्षसमेत रहेका विमल पौडेलले रु तिन लाख कमाए । यस वर्ष अलैँचीले भाउ […]

मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

डोटी। बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर […]

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैंची उत्पादन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका इन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न […]

फस्टाउँदै किबीखेती

म्याग्दी। जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन् । “किबी लगाएपछि जङ्गली जनावरले पनि दुःख दिएका छैनन”, तिलिजाले भनिन्, “कोदो–मकै लगाउँदाभन्दा आम्दानी पनि राम्रो भएको छ ।” कोदो लगाउँदा वर्षमा दुई क्विन्टल […]

परीक्षण बिनाको खेतीः उत्पादनमा क्षति

बलेवा। गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने विधि कृषि प्राविधिकले सिकाए । कृषि चुन नगरपालिकाले निःशुल्क बाँड्यो । नगरले निःशुल्क रुपमा गरेको परीक्षणमा कृषि शाखाले […]

केराको एउटै बोटले व्यवसायी बनायो भट्टराईलाई

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गरे। गल्याङ–११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द […]

कोदोको माग गाउँमा भन्दा बजारमा धेरै

गलकोट। बागलुङमा सबैभन्दा बढी उत्पादन हुने अन्नबालीमा पर्दछ कोदो । यतिबेला किसानलाई कोदो थन्क्याउन भ्याइनभ्याइ भएको छ । पछिल्लो समय कोदोको महत्व बढ्दै गएको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति स्थानीयवासीको मात्रै हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको छ । […]

झिनियाँबाटै एक सिजनमा छ लाख रूपियाँ आम्दानी

गलकोट। दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ । तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु […]

फूलको उत्पादन कम हुँदा सिमकोटमा कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

हुम्ला। तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो । तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै […]

पोखरेली तीन युवाको व्यावसायिक फूलखेती

पोखरा। तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् । हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल […]