गाउँपालिकाद्वारा किसानलाई खेत जोत्ने ट्याक्टर वितरण
धादिङ। जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर)वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउापालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको हो । गाउँपालिकाको कृषि शाखाले यहाँका १७५ किसानलाई […]





