समाचार

सुन्तला उत्पादक किसानलाई क्यारेड र डिजिटल तराजु

डोटी। केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै […]

उखुको समर्थन मूल्य निर्धारण

ललितपुर। सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ […]

बङ्गुरपालनमा रमाउँदै किसान

बागलुङ। विदेशको सपना लत्याउनुभएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उहाँको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन् । गत साउनबाट सुरु गरेको बङ्गुरपालन व्यवसायमा उहाँले रु २१ लाख लगानी गर्नुभएको छ । फार्ममा एक सय ७० बङ््गुर पाल्ने क्षमता छ । बङ्गुर थप्दै जाने योजनामा […]

किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

बलेवा। एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग […]

किसान समूहलाई हाते ट्याक्टर वितरण

डोटी। किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले शिखर नगरपालिकामा हाते ट्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौं प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले नगरपालिकाका पाँच वटा कृषक समूहलाई निःशुल्क रूपमा हाते ट्याक्टर वितरण गरेको हो । साइन नेपालद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत किसानको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा […]

पुनः वर्षा र हिमपातको सम्भावना

ललितपुर।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, […]

सामूहिक बङ्गुरपालनमा रमाउँदै म्याग्दीका युवा

म्याग्दी। कोरोना भाइरसको महामारी फैलिएपछि सहर बजार र विदेशमा रोजगारी गुमाएर फर्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बङ्गुरपालन गरेका छन् । लेकाली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध २२ जना युवाहरुले रु ५०/५० हजार सङ्कलन गरेर मान्द्रेढुङ्गाको उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बङ्गुरपालन गरेका हुन् । एक सयवटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेस र […]

कौसी खेतीसँगै पाएको आत्मसन्तुष्टि

ललितपुर। भनिन्छ मान्छेले इच्छा जगायो भने हरेक काम पूरा गर्न सक्छ र सफलता पनि हात पार्न सक्छ । त्यसैको उदाहरण हुनुहुन्छ, हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा बसोबास गर्दै आउनुभएका ४७ वर्षीय पुरुषोत्तम अधिकारी । आजभोलि कौसी खेती अधिकांशका लागि नयाँ लाग्न सक्छ । कोभिड–१९ का कारण लकडाउन (बन्दाबन्दी) का समयमा धेरै मानिसले समयको सदुपयोग गर्न […]

युनिलिभरको ७३ टन चियापत्ती नष्ट

मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा स्थानीय प्रशासनले गत भदौ १५ […]

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

बागमती। मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो । गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन […]