समाचार

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

पर्वत। हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् । अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले […]

लगन र मेहनतले फेरिएको जीवन

महोत्तरी। निरन्तरको मेहनत र कामप्रतिको लगनले महोत्तरी भङ्गाहा नगरपालिकाका उत्साही किसानले आफ्नै ठाउँमा ‘सुन फल्ने’ आहान चरितार्थ गरेका छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका केही उत्साही किसानको हौसलाले अब सो बस्तीमा ‘गरे के हुँदैन ?’ भन्ने उदाहरण सबैका सामु छर्लङ्ग भएको छ । करिब १०/१५ वर्षअघि गरिबी र अभावले घरगुजारा चलाउन धौधौ परेर कमाउने ध्येयले विदेश […]

झाडी फाँडेर केरा खेती

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षअघि भएको बन्दाबन्दीको समयमा २७ रोपनी झाडी फाँडेर व्यावसायिकरुपमा केरा खेती सुरु गरेको हो । रघुगङ्गा–२ रिसिन चौतारीका बलबहादुर सुनार, रमेश कटुवाल र बुद्धिबहादुर कार्कीले केरा खेतीबाट आम्दानी गर्न थालेका छन् । न्यू […]

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम

खलङ्गा। जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि त्यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो । त्यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा […]

बीस गोही राप्तीमा छाडियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएका हुन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको […]

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर। कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । “मोबाइलमा छिमेकी चरा एप […]

किसानलाई व्यावसायिक बनाउँदैं गाउँपालिका

बाँके। बाँकेको जानकी गाउँपालिकाले कृषिमा सम्लग्न किसानलाई व्यावसायिक खेती गर्न आकर्षण गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । गाउँपालिकालाई कृषिबाटै आर्थिक समृद्धि बनाउनका लागि गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम अन्तर्गत किसान लक्षित धेरै कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताए । उनका […]

म्याग्दीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

गलेश्वर। लाहुर जाने र पैसा कमाउने परम्परागत सोंचलाई परिवर्तन गरी अब म्याग्देली युवा गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विदेश गएर फर्केका युवा फलफूल र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा समेत परिवर्तन आउन थालेपछि विदेशमा रहेका युवासमेत धमाधम गाउँ फर्केर उद्यममूलक कार्य गरिरहेका छन् । तीमध्ये धेरै युवाको रोजाइमा व्यावसायिक कृषि तथा […]

दश हजार बाख्रालाई पीपीआर खोप

दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ । कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो । पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा […]

म्याग्दीमा जौ र आलु विकास कार्यक्रमका लागि २४ लाख बजेट विनियोजन

म्याग्दी। म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक शुरु गरिएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले […]