समाचार

विदेशबाट फर्किएका युवा कृषि प्रवर्द्धनमा

नवलपुर। लामो समयसम्म विदेशी भूमिमा बसेर सिकेका सीप र ज्ञान स्वदेशमा नै प्रयोग गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का युवा उद्यमी बन्दैछन् । यहाँका केही युवाले आफूहरू जस्तै विदेशी भूमिबाट फर्किएका ‘रिटर्नी’हरूलाई आबद्ध गरेर संस्था स्थापना गर्दै दीर्घकालीन काम अगाडि बढाएका छन् । विदेशमा रहँदा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारा सफल […]

मूलाको विकल्पमा तोरी लगाउदै किसान

बलेवा। बजार अभावका कारण किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा खेतबारी बाँझै राख्न थालेको जनाएका […]

व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा। तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताउनुभयो । जिल्ला समन्वय […]

४ करोडको सुन्तला निकासी

म्याग्दी। बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको […]

सुपारी खेतीका बारेमा पहिलो पटक नेपाली भाषामा कृति प्रकाशित

झापा। सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए। सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ […]

३५ हजार माछाका भुरा वितरण

वालिङ। मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो । किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा […]

स्याउ किसानको बगैंचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान गर्दै प्राविधिक

जुम्ला। जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैंचामा पुगेका छन् । प्राविधिकले बगैंचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताए । […]

पाहुनालाई कोसेली असला माछा

गलेश्वर। म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह््य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको […]

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने छ । […]

बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

बागलुङ। व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो । त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिले जनाएको छ । “पाँच सय गरामा बाँडिएको जग्गा अब ४३ […]