फर्मालिन प्रयोग भएका माछा बजारमा
कावासोती। नवलपुरमा बिक्रीका लागि राखिएका माछामा फर्मालिन प्रयोग भएको पाइएको छ। माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। प्रशासनले यही चैत १६ नवलपुरको मध्यविन्दु नगरपालिका चोरमारामा रहेको माछा पसलमा रहेका माछा परीक्षण गर्दा फर्मालिनको प्रयोग भएको पाइएकाले ३८ किलो माछा नष्ट गरेको थियो। जिल्लाकै […]





