कृषि गणनाका लागि १६७ केन्द्र
तनहुँ। राष्ट्रिय कृषिगणनका लागि तनहुँमा १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो । आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिनुभयो । […]





