समाचार

भारतले अफगानिस्तान पठायो २ हजार पाँच सय टन गहुँ

भारत। पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई ‘विनाशकारी’ मानवीय संकटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड ८० […]

चैते धानको रोपाइँ सुरु

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए । “चैते धानको उत्पादन वृद्धि गर्नका […]

भरतपुरको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न

चितवन। खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । रु. एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती […]

गाउँ फर्केर व्यवसाय गर्दा मुला बेचेरै चार लाख आम्दानी

पाल्पा। शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् । प्रशस्त अर्थोपार्जन गर्न सहर तथा विदेशै भौतारिन नपर्ने तर ग्रामीण क्षेत्रमै पनि मिहिनेत गरे के हुँदैन र भन्ने उदाहरण बनेका […]

स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

जुम्ला। जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताए । उनले भने, ‘स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकेँ । नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा […]

‘पशुमा पूर्ण खोप कार्यक्रम’

गलकोट। रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ । पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको बजेटमा यहाँका तीन […]

चौंथो अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीको तयारी तिब्र

चितवन। चितवनमा फागुन १३ गतेदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक […]

विदेशी सुपारीको आयात बन्द गर्न सुपारी जोनको माग

झापा। जिल्लास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले आज जारी गरेको विज्ञप्तिमा इण्डोनेशियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको उल्लेख छ । विदेशबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न […]

७० व्यावसायिक पशुपन्छी फार्मलाई अनुदान

बागलुङ। बागलुङमा माछा र मासुको उत्पादन बढाउन साना व्यावसायिक फार्म प्रवर्द्धन कार्यक्रम शुरू गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङले साना व्यवसाय प्रवर्द्धनको काम थालेको हो । सोही अनुसार जिल्लाभर चालू आर्थिक वर्षमा ७० व्यावसायिक फार्मका लागि अनुदान स्वीकृत भएको छ । पशु सेवा विज्ञ केन्द्रले व्यवसायीबाट आवेदन माग […]

कृषकलाई स्याउका बिरुवा वितरण

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पु¥याएपछि वितरण गर्न सुरु गरिएको हो । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको फलफूल […]