समाचार

भक्तपुरका तीन ओटा पोल्ट्री फार्ममा बर्डफ्लू भेटियो

भादगाउँ। भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो […]

गोलभेँडा खेतीले फेरियो महिला किसानको जीवनशैली

पाल्पा। परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेँडा खेती गर्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेँडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी लघुवा यतिबेला व्यावसायिक गोलभेँडा खेतीका लागि प्रख्यात बनेका छन् । यहाँका महिला किसानले व्यावसायिक रुपमा गोडभेँडा खेतीमा आकर्षित भएका छन् । टनेलभित्र गोलभेँडा उत्पादन गर्दा राम्रो आम्दानी हुन थालेपछि उनीहरु […]

‘सङ्घर्ष गरे सफलता आफैँ मिल्छ’

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित मुक्त कमैँया बस्तीका केशव डगौरालाई विगतमा जस्तो अहिले मजदुरीमा जाने चटारोे छैन । घर खर्च चलाउनका लागि आर्थिक अभावसमेत छैन ।सहजरुपमा परिवारको खर्च चल्न थालेको छ । उनले घरमै कुटानीपिसानी मिल सञ्चालन गरेपछि को जीवनशैली नै परिवर्तन भएको छ । कुटानीपिसानी मिलसँगै केशवले घरमै बङ्गुर फार्म र किराना पसल सञ्चालन गरेका […]

थुन्से र भकारी देखिनै छोडे

गलेश्वर। प्लास्टिकजन्य आयातित सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् । केहीवर्ष अघिसम्म गाउँघरमा कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी साधन पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु […]

विदेशबाट फर्किएका युवा कृषि प्रवर्द्धनमा

नवलपुर। लामो समयसम्म विदेशी भूमिमा बसेर सिकेका सीप र ज्ञान स्वदेशमा नै प्रयोग गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का युवा उद्यमी बन्दैछन् । यहाँका केही युवाले आफूहरू जस्तै विदेशी भूमिबाट फर्किएका ‘रिटर्नी’हरूलाई आबद्ध गरेर संस्था स्थापना गर्दै दीर्घकालीन काम अगाडि बढाएका छन् । विदेशमा रहँदा सिकेको ज्ञान र सीपलाई स्वदेशमा लगाएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारा सफल […]

मूलाको विकल्पमा तोरी लगाउदै किसान

बलेवा। बजार अभावका कारण किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका हुन् । २६ वर्ष अघिदेखि मूलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले मूलाको विकल्पमा तोरी लगाउन थालेका छन् । कतिपय किसानले हिउँदमा खेतबारी बाँझै राख्न थालेको जनाएका […]

व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा। तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताउनुभयो । जिल्ला समन्वय […]

४ करोडको सुन्तला निकासी

म्याग्दी। बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले यसपाली प्रतिकिलो रु १४० का दरले रु चार करोड मूल्य बराबरको सुन्तला निकासी भएको […]

सुपारी खेतीका बारेमा पहिलो पटक नेपाली भाषामा कृति प्रकाशित

झापा। सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा. शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको लोकार्पण गरिएको हो । नेपाली मूलका भारतीय रिजालले प्रकाशित गरेको यो पुस्तकको लोकार्पण मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए। सुपारी जोन समिति झापाका अध्यक्ष नीलकण्ठ […]

३५ हजार माछाका भुरा वितरण

वालिङ। मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो । किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा […]