समाचार

केही दिनमै मनसुन नेपाल प्रवेश गर्दै

ललितपुर। नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ । उनले भने, […]

बाढीले क्षतविक्षत भएको कुलो निर्माण पछि रानीज्यूलोमा सुरु भयो रोपाइँ

सुर्खेत। गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका-१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ। गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो। अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति […]

मल अभावमा किसानलाई सास्ती

दाङ। दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताए ।  ‘गएको वर्ष पनि समयमै मल […]

खाडीबाट फर्केर गाउँमा भैंसीपालन

गलेश्वर। १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय सुरेश ढुङ्गाना परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने सन्देश दिन सफल भएका छन् । स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उनले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा […]

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी […]

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर। किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल […]

एक महिनामा १९ करोडको तरकारी निकासी

सर्लाही। सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु. १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो । वैशाख महिनामा मात्र रु. १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद […]

१ करोडकाे लगानीमा अधिकारी दम्पतीकाे बाख्रापालन

तनहुँ। गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् । […]

नर्सरीबाट मनग्ये आम्दानी

म्याग्दी। पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु. ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् । मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् । उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ […]

जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग

ललितपुर। कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडीबुटी कृषकले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैँमा न्यायिक नभएको प्रतिक्रिया दिएका छन् । जुम्लाका अगुवा कृषक रामकृष्ण […]