समाचार

बाली संरक्षण गर्न रुख काट्ने अभियान

बागलुङ। बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए । रुख काटेपछि […]

बगरमा सामूहिक खरबुजा खेती

दाङ। पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक रुपमा […]

‘भैँसी सुत्केरी भत्ता’ले दूध उत्पादन दोब्बर

काभ्रेपलाञ्चोक। झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी भैंसीलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि रु दुई हजारको दरले सुत्केरी भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सुत्केरी भैंसीलाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । दुग्धजन्य खाद्यवस्तुमा […]

जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरुपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न […]

मुक्तकमैयाको गुनासोः ‘सधैँ भोट बैंक मात्रै बनाए’

महेन्द्रनगर। कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ मा मुक्त कमैया, मुक्तहलिया तथा सार्वजनिक जग्गामा टहरा बनाएर जीविका चलाउँदै आएका अन्य क्षेत्रको भन्दा बढी छन् । दुई दर्जनभन्दा बढी शिविर रहेको निर्वाचन क्षेत्रमा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छन् । हलिया र कमैयाबाट मुक्त भएपछि पनि फेरि ज्याला मजदुरी र अरुको काम गरेर जीविका चलाउँदै आएका यहाँका […]

पाल्पामा चार हजार एक सय परिवार कृषकको गणना हुँदै

ललितपुर। यसपटक पाल्पा जिल्लाका चार हजार १०० परिवार कृषकको कृषि गणना कार्य गरिँदैछ । जिल्लामा १६४ क्षेत्रमा गरिने गणनामा ६१ गणक र १६ जना सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् । दश पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गरिँदैछ । रामपुर नगरपालिकामा २०, निस्दी, माथागढी गाउँपालिकामा १७/१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोटमा १५/१५, रैनादेवी छहरामा १८, तानसेन […]

मनाङका स्याउ बगैंचा फुलेर सेताम्मे

मनाङ। हिमाली जिल्ला मनाङको वातावरण यतिबेला अति नै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैंचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रोमाञ्चक देखिएको हो । मनाङ स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैंचाहरुमा फूल फुलेर अहिले सेताम्य भएको छ । चैत वैशाखमा स्याउ फुल्ने र असोज कात्तिकमा पाक्ने गर्छ […]

किसानलाई अनुदानमा चल्ला, गाई र भैंसीको बिमा

बागलुङ। यहाँका किसानले वडाको अनुदानबाट पशुपन्छीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३ सय ३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले ५० रूपैयाँ तिरेका थिए भने समितिमार्फत वडाले ५० रूपैयाँ […]

किसानसँग अनुदान सम्झौता

तनहुँ। नेपाल लाइभस्टक सेक्टर इन्नोभेशन विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र संघमार्फत बढीमा रु. ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो । निजी फार्मतर्फका १५ मध्ये १० […]

देशभर आजदेखि कृषि गणना सुरु

ललितपुर। केन्द्रिय तथ्यांक विभागले आज ९मंगलबार० देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका […]