खोडपेमा ४५ लाख लागतमा शीतभण्डार निर्माण हुने
बैतडी। कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु. ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो । दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु. १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान […]





