समाचार

ऐजेरुले घट्यो आलु उत्पादन

म्याग्दी। ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि […]

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् । लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दैआएका छन् । “गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्”, स्थानीय तेजबहादुर चौधरीले भन्नुभयो, […]

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

दोलखा। गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ । गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए । हिमाली जिल्ला दोलखामा मजितो, चिराइतो, लोक्ता, […]

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै

राँझा। फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आउएकी बिन्दु चर्तिमगरको […]

अधिकांश स्थानमा वर्षाको सम्भावना

ललितपुर।  देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना […]

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

तुलसीपुर। दिउँसो विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने बारीमै काम गरिरहेका हुन्छन्। शान्तिनगर गाउँपालिका–४ गिधनियाका उनले छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्। ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त […]

पनौतीमा भेटियो ‘अफ्रिकन स्वाइन फिबर’

काभ्रे। काभ्रेको पनौती नगरपालिकाका पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टि भएसँगै नगरले ओसारपसार कार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा […]

लसुनले मूल्य पाएन

रुकुम। लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न […]

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

नवलपुर। यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए […]

गड्यौलापालनको महत्व बुझ्दै किसान

कञ्चनपुर। भीमदत्त नगरपालिका– २ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थे । गड्यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर हाँस्थे । गड्यौला पालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड्यौलाबाट उत्पादित कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान […]