समाचार

आयुर्वेद सेवालाई विस्तार गरिँदै

पाल्पा। आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो […]

अफ्रिकन स्वाइन फिवरबाट पनौतीमा ६ सय बंगुर मरे

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन ठाउँका फार्ममा ६ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५स्थित टिम […]

बाँदरबाट बाली जोगाउनै मुस्किल

बागलुङ। काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन् । यहाँका अधिकांश किसानको दिन बाँदरसँगको लुकामारीमा बित्ने गरेको छ । खेतमा लगाएको आधाउधी मकै मात्रै घरमा भित्र्याएका किसानले बारीको […]

भेडापालनमा भोजपुरका किसान आकर्षित

भोजपुर।  व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट बन्ने राडी, […]

व्यावसायिक बन्दै सुँगुरपालन

म्याग्दी। माग बढेपछि म्याग्दीमा व्यावसायिकरूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उनले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आएका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् । एउटा पाठो पाँच […]

लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

रसुवा। वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई रु.३६ लाख राहत रकम वितरण गरेको छ । जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा […]

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

कास्की। पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो । ‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा […]

झापामा कृषकलाई चार करोड अनुदान

झापा। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । प्रदेश सरकारमार्फत रु दुई करोड […]

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

ललितपुर। खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, […]

कोदोको प्रवर्द्धन गर्न मकवानपुरमा कोदो खेती सुरु

बागमती। नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासङ्घको पहलमा यसको प्रवद्र्धन सुरु गरिएको हो । कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । जिल्ला समन्वय समितिका […]