समाचार

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

कञ्चनपुर। बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उनले भने, […]

गाईभैंसीको सुत्केरी खर्चका लागि ६ लाख विनियोजन

पर्वत।  पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ। स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो। विहादीले पालिकाभित्रका ६ वटै वडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत ल्याएको छ। विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका […]

बाख्रा पाल्ने कृषकलाई अनुदान

रामपुर। हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझे । सो रकम पाउँदा उनलाई व्यवसायमा हौसला बढेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो । उनले सात […]

बागलुङ बजार भित्रियो मुस्ताङको स्याउ

बलेवा। भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा […]

भायानेटले ल्यायो आकर्षक दशैँ अफर

ललितपुर। आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्। दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन […]

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर। रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन […]

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुर। यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध […]

जुम्ली स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ला। यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका […]

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्‍यो यस्तो नीति

ललितपुर। सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सकेसम्म घर तथा आवासस्थल बनाउन नदिने गरी सरकारले त्यस्तो व्यवस्था गरेको हो । एकातिर कृषियोग्य […]

रैथाने बालीको संरक्षण गरिँदै

मान्म। कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा […]