समाचार

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

कास्की। वेगनास तालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउ बाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा […]

धानका गाँज मर्न थाले, किसानलाई चिन्ता

बलेवा। बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् । उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन् । सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा […]

सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै

सिरहा। सिँचाइकै आभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भन्नुभयो,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले […]

निगुरो बेचेर घरखर्च धान्दै

इटहरी। सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो ६ जनाको परिवारको खर्च चलाउँदै आएकी छन्। दैनिक ४०० देखि ६०० सम्म आम्दानी हुने चौधरी बताउँछिन्। शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, […]

प्रविधिको प्रयोग गरी तरकारी खेती

कञ्चनपुर। बेलडाँडी गाउँपालिका-३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा,घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए । ‘बेमौसमी वर्षाले १० कठ्ठामा […]

बाख्रापालनबाट मनग्य आम्दानी

सुन्दरहरैँचा। मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लागेका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र […]

निर्यात हुन नसक्दा नेपालगञ्जमै थन्कियो जडीबुटी

बाँके। भारतीय प्लान्ट क्वारेन्टाइनको सूची नेपाली जडीबुटी नसमेटिँदा जडीबुटी बाँकेको नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब २ हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको छ । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो रु. १ करोड मूल्यबराबरको […]

अलैँचीको लगातार मूल्य घट्दा किसान मारमा

मङ्गलबारे। इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् । रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् […]

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला। जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ञस्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको […]

कर्णाली कृषि व्यवसाय ऐन : बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने

कर्णाली। कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको कर्णाली कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७९ मा खेती नगरी कानुनले तोकेको अवधिसम्म बाँझो रहेको जग्गा सम्बन्धित जग्गाधनीको मञ्जुरीमा प्रदेश सरकारले करार सम्झौता गरी प्रयोगमा ल्याउन सक्ने व्यवस्था गरेको हो । ऐनको परिच्छेद ४ मा व्यावसायिक कृषि […]