समाचार

स्याउको बिरुवामै भ्रष्टाचार

मुगु। हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर […]

सधैँ मल र बीउकै अभाव

हनुमाननगर। उहाँ हुनुहुन्छ, रैजमुन खातुन । घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँ । उहाँले दुई लाख ५० हजार लगानी गरेर चार बिघा खेतमा धानखेती गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “साहुबाट ऋण सापटी लिएर लगानी त गरेँ तर समयमा सिँचाइ र मल नहुँदा सोचेजस्तो धान उत्पादन हुने सम्भावना देखिँदैन ।” खेत पनि आफ्नै होइन, प्रायजसो खेत […]

हरियो मकै निर्यात गर्दै गैँडाकोट

नवलपुर। सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ। विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ। काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ। गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन […]

झापामा धानको उत्पादकत्व बढ्यो

झापा। झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार […]

किवी उत्पादक किसानलाई बजारको चिन्ता

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झन्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन्। व्यावसायिक रूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा हुन्थे। उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ। केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ। यस वर्ष उत्पादन […]

गाईभैँसीमा ‘लम्पि स्किन’

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी  (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाईंले बताउनुभयो । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या […]

टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप

बागलुङ। पाक्ने बेलाका सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् । औँसा कीराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर […]

अलपत्र पर्‍यो शीतभण्डार निर्माण

सप्तरी। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ । जिल्ला सहकारी सङ्घ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माण कार्य पूर्णरुपले ठप्प रहेको पाइएको छ । नगरपालिकाले वडा नं. १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए पनि ठेकेदारको […]

भटमास खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ । थोरै मिहिनेतमा धेरै […]

गुल्मीमा धान उत्पादनमा कमी आयो

गुल्मी। गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको […]