समाचार

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर। व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् […]

व्यवसायिक बाख्रापालनपछि आत्मनिर्भर बने महिला

वालिङ। यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई […]

जुटखेतीमा किसानको आकर्षण घट्दै

धनुषा। तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो […]

फेरिँदै मुक्तकमैयाको जीवनशैली, तरकारी खेतीले उकास्यो आर्थिक अवस्था

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आएका छन् । चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो । कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हँुदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई […]

वैदेशिक रोजगारीबाट फर्केर गाउँमै बाख्रा पालनमा व्यस्त तानसेनका युवा

पाल्पा। तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किनुभएका उहाँले रु. १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गर्नुभएको छ । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किनुभएका पौडेल अब विदेश नजाने सोचमा हुनुहुन्छ । “आफ्नै ठाउँमा केही उद्यम गर्छु भन्ने सोच […]

रामपुरको शीतभण्डार पुनः मर्मत गरी सञ्चालनको तयारी

रामपुर। ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने […]

उदाहरणीय बाख्रापालक युवाबाट देशभर बोयर आपूर्ति

धनकुटा। चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गरे । पिसिओ (टेलिफोन सेवा), रेमिट्यान्स, निर्माण व्यवसायी र विभिन्न सामाजिक संस्थामा सेवा गरेर आत्मसम्मानका साथ जीवनयापन गर्ननसके पछि उनि अहिले बाख्रापालनमा रमाउँदै आएका हुन् । विसं २०७१ मा वडा नं ३ र ८ को सिमानामा रहेको जरुवा […]

अलैँची खेतीप्रति कृषकको आकर्षण घट्दो

चौतारा। व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन थालेका हुन् । पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गर्दै आएका लिसङ्खुपाखर गाउँपालिका–४ अत्तरपुरका किसान रोग लागेर अलैँचीका बिरुवा मर्न थालेपछि चिन्तित बनेका छन् । अलैँचीमा सिन्धुरे र गानो कुहिने […]

तेह्रथुमको अकबरे खुर्सानीले पाएन मूल्य

म्याङ्लुङ। प्रमुख नगदे बालीका रूपमा लिइने अकबरे खुर्सानीले उचित मूल्य नपाउँदा यहाँका किसान मारमा परेका छन् । अरु बेला यो मौसममा अकबरे एक केजीको चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्थ्यो । तर, अहिले एक केजीको एक सय ५० देखि बढीमा दुई सय रुपैयाँसम्ममा बेच्न किसान बाध्य भएका छन् । छथर गाउँपालिका–६ सुदापका किसान शेरबहादुर पौडेलले […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्धारा करारमा १५२ कर्मचारी माग

ललितपुर।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदको लागि डेढ सयभन्दा बढी संख्यामा कर्मचारीको माग गरेको छ । परियोजनाले कृषि अधिकृत, पशु विकास अधिकृत, नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक पदहरूका लागि कर्मचारीको माग गरेको हो । कर्मचारीहरूको छनोट गर्दा लिखित तथा अन्तर्वार्ता दुवै किसिमबाट परीक्षा लिइने सूचनामा उल्लेख छ । परियोजनाले ‘प्रधानमन्त्री कृषि […]