समाचार

प्रयोगमा आएनन् कृषि पूर्वाधार

म्याग्दी। कृषिउपजको बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण एवं उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ संकलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक संगठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको […]

प्रदेश सरकारको ब्याज अनुदानमा कषि कर्जा

सुर्खेत। सुर्खेत लेकबेसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । तर आचार्यसँग लगानी गर्ने रकम थिएन । उनले कर्णाली प्रदेश सरकारले ब्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए र रु. १० लाख ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे । कुनै बेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने […]

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान

सुर्खेत। सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए। उनले १० लाख रुपैयाँ ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे । कुनै बेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने […]

सुन्दर पोखराको अर्को आकर्षण : ल्वाङ गाउँको चियाबारी

पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ । त्यो हो सुन्दर हरियाली चियाबारी । पूर्वी पहाडको […]

हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजनासमेत बनाएको […]

मासिंदै ढिकी, जाँतो र पानीघट्ट

बागलुङ। एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती-बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ-गाउँमा […]

अज्ञात रोगले मनाङका चौरी मर्न थाले

मनाङ। हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको […]

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

भजनी।  कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने […]

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ। गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् । गाउँमा […]

तरकारीले बनायो आत्मनिर्भर

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान […]