एभोकाडोमा नयाँ रोगको सङ्क्रमण
चितवन। चितवन जिल्लामा लगाइएको एभोकाडो खेतीमा क्याङ्कर (खटिराजन्य) रोग देखिएको छ । जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका एभोकाडो बगैँचामा उक्त रोगको सङ्क्रमण भेटिएको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले रोग फैलिएको हो । परीक्षणका लागि नमुना पठाइएको र चितवनमा पहिलो पटक यस्तो […]





