समाचार

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि

खोटाङ। फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् । आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको […]

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला

भक्तपुर। फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु. तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि […]

फूल उत्पादकको गुनासो– तिहारपछि फूल कहाँ बेच्ने ?

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–८, बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती शुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती शुरु गर्दा माग अत्यधिक भएपछि उनमा त्यही बेला व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन […]

चितवनमा भारतीय माछा बिक्रीमा प्रतिबन्ध

भरतपुर। चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिए । मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, […]

किसानलाई मल अभाव

झापा। कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकि छिन् । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेको हो । तनुजा आफैले र गाउँपालिकाले उत्पादन गरेको जैविक […]

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

ढोरपाटन। पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ […]

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

नुवाकोट। नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख […]

सयपत्री फूलको माग बढ्यो

रामपुर। तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा […]

आज काग तिहार

ललितपुर। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका […]

सयपत्री प्रति थुङ्गा रु. चारमा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूल खेती सुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिक रूपमा फूल खेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका […]