समाचार

बेमौसमी सिताके च्याउ उत्पादन सुरु

तानसेन। तानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरुले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी क्षेत्रफलमा चारवटा टनेल र एउटा चिस्यानघरमा च्याउ खेती गरेका छन् । समूहले बेमौसममा च्याउको उत्पादन गर्न चिस्यानघरको निर्माण गरेको छ । सिताके च्याउलाई अत्यधिक चिसो चाहिने भएकाले तापक्रम व्यवस्थापन […]

व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण

खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेकाछन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म (मुन्धुम भेडापालन फार्म) दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन् । रु. २० लाखमा एक […]

‘खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’

नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु. ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु. ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका […]

अकबरे खुर्सानीको अचार बेचेर वार्षिक १५ लाख आम्दानी

रामेछाप। रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्ने गरेका हुन् । सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की […]

लोप हुँदै मखान खेती

जलेश्‍वर। तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ। कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही दिनदेखि मखान खेती गर्न छोडिएको छ। बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौं पोखरीमा माछापालन गर्न थालेपछि जिल्लाबाट मखान खेती लोप हुन थालेको […]

अझै तीन दिन वर्षाः मंगलबारदेखि मौसममा सुधार

ललितपुर। मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । […]

गाउँभरि केरा खेती, फेरिँदै कृषकको जीवन

म्याग्दी। म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । पाखोबारी, खोल्सा, कान्ला, डिल […]

‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’

गुल्मी। पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी देशमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवाद मात्र भेटिन्छ । त्यही एउटा अपवादको पात्र बन्नुभएको छ, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली । गुल्मीको […]

कर्णालीले गर्‍यो ५० हजारभन्दा बढी खसीबोका निर्यात, ६० करोड आम्दानी

सुर्खेत। कर्णाली प्रदेशबाट यो वर्ष दशैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याग्रा निर्यात हुँदा रु. ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए । उनले भने, “स्थानीय र प्रदेश सरकारले विभिन्न […]

खसीबोकाको माग घट्दै

कैलाली। कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ । धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिएका मानबहादुरले भने, “पहिलेको जस्तो जुगजमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।” पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापानलन रहेको छ […]