समाचार

कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना ९पिरो खुर्सानी०, गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा […]

तीन करोडको लगानीमा कालिज फार्म

तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गर्नुभएको छ । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पाल्नुभएको हो । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर रु तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताउनुभयो । केही […]

डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

दिपायल। डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर तथा स्थानीय बजारमा सुन्तला बिक्री गरी आय आर्जन गर्दै आएका छन् । सुन्तला सरदर प्रतिकिलो रु. ७० देखि रु. ८० मा बिक्री भइरहेको किसानले बताएका छन् । जिल्लाभित्र […]

जङ्गली बाँकोको गुन्द्रक सहरका भान्छामा पु¥याउँदै किसान

बलेवा। यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई भान्सामा पु¥याएका छन् । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा समूहमा आबद्ध किसानले जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेका हुन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जङ्गली वनस्पती बाँको अब व्यावसायिक किसानको रोजाइमा पर्न थालेको छ । सहरीया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ । छन्त्याल कृषक […]

अलैँचीबारे अन्तक्र्रिया गर्दै महासङ्घ

पाँचथर। नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादक कृषकदेखि सरकारसम्म अन्तक्र्रिया गरी अलैँचीमा रहेका समस्या समाधानको प्रयास थालेको छ । ‘कालो सुन’को उपनाम पाएको नगदेबाली अलैँचीको उत्पादन, गुणस्तर र बजारमा विगत केही वर्षदेखि देखिएका समस्या समाधानमा सबै पक्ष एकजुट भई लाग्नुपर्ने आवश्यकता देखिएको भन्दै महासङ्घले यो अभियान थालेको हो । अलैँचीको अत्यधिक उत्पादन हुने प्रदेश १ […]

उपयोगी बन्न सकेनन् पर्वतका शीत भण्डार

कुश्मा। पर्वतका विभिन्न ठाउँमा निर्माण गरिएका शीत भण्डार कृषकका लागि उपयोगी बन्न सकेका छैनन् । राज्यको विभिन्न तहबाट लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका शीत भण्डार हाल प्रयोगबिहीन अवस्थामा छन् । भौतिक संरचना निर्माण गर्न जति हतार, उत्साह र हानथाप हुने गर्दछ, सोहीअनुसार बनिसकेपछि तिनको व्यवस्थापकीय पक्षमा ध्यान दिन नसक्दा शीत भण्डार प्रयोगमा समस्या आएको हो […]

अनुदानमा भैँसी पाएसँगै फेरियो किसानको दैनिकी

भोजपुर। पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्ने लक्ष्यले उन्नत जातको भैँसी वितरण गरेपछि स्थानीय किसानको दैनिकी फेरिएको छ । दुग्ध मिसन कार्यक्रमअन्तर्गत किसानलाई १३ ओटा भैँसी र उन्नत जातको राँगो वितरण गरेपछि किसानको दैनिकीमा परिवर्तन आएका हो । गाउँपालिकाले भैँसी वितरण गरेपछि अहिले किसानले उत्पादित दूधलाई बजारमा पठाउन थालेका छन् । गाउँपालिकाले यहाँको प्रगतिशील सहकारीमार्फत गत […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रगति समीक्षा

कलैया। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइद्वारा स्थानीय तहमार्फत सञ्चालित पाकेट विकास कार्यक्रमका समीक्षा गरिएको छ । परियोजना कार्यान्वयन एकाइका प्रमुख हेमचन्द्र जयसवालले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित विभिन्न परियोजनाको कार्यक्रमअन्तर्गत समूहगतरूपमा रहेका कृषकलाई ब्लक, पाकेट, जोन र सुपरजोन कार्यक्रमका लागि ५० प्रतिशत प्रगतिअनुसार अनुदानस्वरुप रु. सात करोड दुई लाख र पाकेटतर्फ रु. चार करोड […]

टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री

काठमाडौं। काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु […]

पशुपछी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

कञ्चनपुर। शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको छ । फार्म सञ्चालनका लागि उहाँले रु. ३० लाख लगानी गर्नुभएको छ । पाँच वर्षअघि देखि उहाँले बङ्गुर, बाख्रा र माछापालन गर्दै आउनुभएको […]