समाचार

अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन। दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अधबैंसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर […]

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’

झापा। अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु. १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ […]

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

  दाङ। घाेराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाई छ । वरिपरि घनाजङ्गलले घेरिएको यो दहले […]

पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन

काभ्रेपलाञ्चोक। पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना (आइपीएम) ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् । पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका […]

मह आयात रोक्न माग

भरतपुर। स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताउनुभयो । उहाँले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच […]

मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन

म्याग्दी। मुस्ताङमा गुणस्तर परीक्षणका लागि पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा सङ्कलन गर्न थालिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलोपटक भुवाको परीक्षण गर्न लागेको हो । सङ्कलित नमूनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन […]

झपक्कै फुल्यो आँप

तुलसीपुर। यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भन्नुभयो, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।” आँप धेरै फुले पनि यसलाई जोगाउन भने […]

दूधमा प्रतिलिटर पन्ध्र अनुदान

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु. १५ का दरले रु. ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो । आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर रु. १५ अनुदान दुग्ध […]

चितवनमा तोरीको उत्पादन बढ्यो

चितवन। जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो । केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी […]

चैत १७ देखि २० गतेसम्म काठमाडौँमा फ्लोरा एक्स्पो

ललितपुर। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न […]