धानको उत्पादनोपरान्त भण्डारण तथा व्यवस्थापन
नेपालमा उत्पादनोपरान्त हुने ह्रास अन्य मुलुकको तुलनामा बढी भएको पाइन्छ । खाद्यबालीमा करिब १० देखि १५ प्रतिशत उत्पादनोपरान्त ह्रास भएको पाइन्छ । धान बाली काटे देखि भण्डारण सम्म उत्पादनमा ह्रास हुने भएकाले नोक्सानी कम गर्न काट्ने बेला देखिनै ध्यान पुराउनु पर्दछ । बाली काट्दा ८० प्रतिसत जति बाला पहेलो भएर नुगेपछि धान काट्न उपयुक्त हुन्छ […]





