किसान

म्याग्दीका भेडापालक किसानका लागि यो बर्ष ७० लाख रुपैयाँ बजेट

म्याग्दी। जिल्लाको उत्तरी भेगमा भेडापालक किसानका लागि यो बर्ष सरकारले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जिल्ला पशु सेवा कार्यालय मार्फत कालिगण्डकी करिडोरका भेडाबाख्रा पालक किसानलाई सहयोगका लागि उक्त बजेट आएको हो। भेडापालनलाई थप व्यवसायिक बनाई जिल्लालाई उन र मासुमा आत्मनिर्भर गराउन सहयोग गर्ने उद्देश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रीय भेडाबाख्रा प्रवर्धन कार्यालय मार्फत […]

चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित

इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो […]

दुध उत्पादक कृषक दुग्ध प्रशोधन कारखाना खोलेर आफै उद्योगी

इलाम । दूध बिक्री गरेर गुजारा चलाउँदै आएका यहाँका कृषक आफैं दुग्ध प्रशोधन कारखाना खोलेर उद्योगी बन्न थालेका छन् ।व्यावसायिक गाईपालनमा कृषकको आकर्षण थपिएसँगै आम्दानी गर्ने उद्देश्यले दुग्धजन्य उद्योग खुल्ने क्रम बढेको छ । कृषकले दूधबाट घिउ, छुर्पी, चीज, ललिपपलगायत सामग्री आफैं उत्पादन गरेर बिक्री गर्ने क्रम बढेको हो । दूध बिक्रीबाट लगानीअनुसार आम्दानी हुन […]

धान भित्र्याउने चटारो

भक्तपुर। दोस्रो ठूलो पर्व तिहार सुरु भइसके पनि भक्तपुरका किसानलाई भने यतिखेर धान भित्र्याउन चटारो छ । तिहार आइसके पनि यहाँका किसान भने धान काट्ने, सुकाउने र धान भित्र्याउनमा व्यस्त छन् । यतिखेर तिहार मनाउने भन्दा पनि धान भित्र्याउने चटारोले किसान यतिखेर धानको खलोमा व्यस्त छन् । भक्तपुर व्यासीमा धान भित्र्याउन व्यस्त किसान कान्छीमाया श्रेष्ठले […]

भेडी गोठालो कामी मालिक बने

रोल्पा। विगतका वर्षहरुमा तिहारका बेला सधैँ निराश र मलिन अनुहारमा देखिने ह्वामा–९ बाजाका तिलवीर कामी यसवर्ष भने निकै खुसी र उत्साहित बन्नुभएको छ । कुनै समयमा आयआर्जनको बाटो नहुँदा मुस्किलले एक छाक मात्रै खाएर जीवन गुजार्दै आउनुभएका कामीको जीवनमा छोटो समयमै ठूलो परिवर्तन आएको छ । साँझ बिहानको छाक टार्नकै लागि केहीवर्ष अगाडिसम्म अरुको बाख्रा […]

चिराइतोकोे विक्री घटेपछि किसान चिन्तित

इलाम। राम्रो मूल्यमा विक्री हुन थालेपछि केही एक दशक अघिदेखि उत्साहित भएर चिराइतो खेतीमा लागेका लेकाली क्षेत्रका किसानको चिराइतोमा अहिले उत्साह मर्दै गएको छ । उत्पादित चिराइतो विक्री गर्नै समस्या भएपछि किसानले चिराइतोको विकल्प खोज्न थालेका छन् । खाली ठाउँमा चिराइतो खेती लगाएर आम्दानी लिंदै आएका किसनले अहिले भने पूरानै खेतीमा फर्किने अवस्थामा पुगेका छन् […]

रेशम खेतीमा आकर्षण घट्यो

चितवन । माडीमा व्यवसायिक रुपमा रेशमपालन हुँदै आए पनि पछिल्ला वर्षहरुमा रेशम खेतीमा आकर्षण घट्दै गएको छ । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भए पनि यस व्यवसायलाई अगाल्ने कृषकहरु विविध कारणले अन्य पेसा व्यवसायतर्फ लाग्दा यसको संख्या घट्दो छ । यस व्यवसायबाट अन्य व्यवसायबाट जस्तो आम्दानीको स्तर नबढेको कारण कृषकहरु अन्य […]

गाई पाले दिनहुँ आम्दानी’

  ©दीपेन्द्र सापकोटा मोरङ। करिब छ वर्षअघि यहाँका विज्ञान ढुङ्गानालाई परिवार, आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल हुनुभएका ३२ वर्षीय उहाँलाई यस्तो सुझाव दिनेलाई के लाग्यो भने ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’ कुखुरापालन, यातायात व्यवसायलगायत कार्यबाट आर्थिक घाटा व्यहोरेका उहाँलाई […]

धादिङका किसानहरुमा मौरीपालन व्यवसायप्रति आर्कषण बढ्दै

धादिङ। धादिङका किसानहरुमा मौरीपालन व्यवसायमा आर्कषण बढ्दै गएको छ । १३ वर्ष अघि मौरीले घेरेको सपना देखेका नलाङका भद्र गिरी अहिले विपनामै मौरीको घेरा भित्रबाट पारिवारिक समृद्धिको बाटो खोज्दैछन् । सपनादेखेको केही महिना पछि श्रीमति भक्तकुमारी वनमा घाँस काट्न जादाँ मौरीको गोलो देखेपछि गिरीलाई खवर गरिन । गिरीले वनमा गएर मौरी त ल्याए राख्न घार […]

केरा उत्पादक कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर विरोध जनाएका छन् । दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् । “विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ” कैलालीका केरा व्यवसायी […]