किसान

चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे

नुवाकोट। समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो । पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको […]

विदेशमा हण्डर खाएका लालबहादुर, स्वदेशमा च्याउ खेति गर्दा पाँच वर्षमै करोडपति !

६ वर्ष कुबेतको गर्मीमा काम गरेर फर्किंदा न घरमा श्रीमती थिइन् न त पठाएको पैसा । ऋण तिर्न पठाएको पैसा लिएर श्रीमतीले दोस्रो बिहे गरेर हिँडिन् । ४ प्रतिशत ब्याजदरमा जग्गा दृष्टिबन्धक राखेर लिएको १ लाख ५ हजार ऋण बढेर ४ लाख १७ हजार पुगेको थियो । ऋण तिरेर भ्याउँदा उनी पहिलेकै अवस्थामा फर्केका थिए […]

हिउँदको पहिलो वर्षा : कुन कुन बालीलाई फाइदा ?

काठमाडौं। बुधबार काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ । पश्चिमका पहाडी क्षेत्रमा हिमपात भएको छ । यसवर्षको पहिलो वर्षा भएकाले किसान खुशी छन् । पानी परेपछि हिउँदे बालीलाई फाईदा पुग्ने कृषि विज्ञले बताएका छन् । गहुँ, मुसुरो, तोरी, आलु लगायत बालीमा अहिले गाँज हाल्ने बेलामा पानी परेपछि फाईदा पुग्ने विज्ञको भनाई छ […]

नार्कद्वारा धान र मकैसहित उन्नत जातका बीउको विकास

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहुँ, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६  जातका […]

फेरि रोक्यो भारतले नेपाली अदुवा

माघ । एक वर्षयता अन्य नाका बन्द गरी काँकरभिट्टाबाट मात्र अदुवा भित्र्याउन दिँदै आएको भारतले फेरि रोक लगाएको छ। भारत सरकारले नेपाली अदुवा सफा नगरी आएको भन्दै भित्र्याउन रोक लगाएपछि पाँच दिनदेखि निर्यात ठप्प भएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए। भारतले नेपालको अदुवा खरिदका लागि मेची एक्सपोर्टलाई मात्र […]

नेपालमा पहिलो पटक डढुवा नलाग्ने आलुको जातको विकास

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ। अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए। यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्थ्यो। यस पटक भने क्रस गरेर नयाँ […]

खाद्य संस्थानले धान खरिद नगरेपछि किसान सस्तोमा धान बेच्न बाध्य

नेपालगन्ज।  नेपाल खाद्य संस्थानले मध्यम र मसिनो धान खरिद नगर्दा बाँके र बर्दियाका किसानले व्यापारीहरुलाई सस्तो मूल्यमा धान बेच्न बाध्य बाध्य भएका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भए पनि खाद्य संस्थानले किसानको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको धानको मूल्य भने गत वर्षभन्दा कम निर्धारण गरेकाले किसान मारमा परेका छन्। ०७२ सालमा मोटा धान प्रतिक्विन्टल […]

उखुु खरिदमा व्यापारी र दलालको सेटिङ, ठगिँदै किसान

रौतहट। उद्योगी र दलाल मिलेर उखु खरिदमा किसानलाई ठगी गरिरहेको खुलासा भएको छ।नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुट्टाछुट्टै स्थानमा उखु खरिदका लागि काँटा राखेर दलालमार्फत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखु खरिद गरिरहेका छन्। उखु उत्पादक किसान संघ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को भाउ नतोकुन्जेल प्रतिक्विन्टल उखुको मूल्य मिलमा ५३१ रुपैयाँ २० पैसा निर्धारण […]

कैलालीका किसानद्वारा सडकमा दूध पोखेर विरोध

कैलाली । चिसो मौसममा दूधको खपत नभएको भन्दै दुग्ध विकास संस्थानले दूध किन्न छोडपछि किसानले सोमबार लम्कीको सडकमै दूध पोखेका छन्। कात्तिक १५ गतेदेखि नियमित रुपमा कैलालीको लम्कीमा रहेको दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले किसान र दूध डेरीहरुले संकलन गरेको दूध लिन छोडेको स्थानीय किसानको गुनासो छ। दुग्ध विकास संस्थानले किसानबाट सिधै र डेरी व्यवसायीबाट दूध […]

माछापालनबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

भीमदत्तनगर । कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का मुक्तकमैया सामूहिक रुपमा माछापालन गरेर आम्दानी गरिरहेका छन् । यहाँ करिब आठ हेक्टरमा रहेको प्राकृतिक ताललाई व्यवस्थित गरेर सोभाताल मुक्तकमैया शिविरमा बस्दै आएका ७९ किसानले व्यावासायिक रुपमा माछापालन गर्दैआएका छन् । विसं २०६० देखि नै सोभातालमा माछापालन गरिए पनि व्यवस्थित नहुँदा आम्दानी मनग्य हुनसकेको थिएन । विभिन्न दातृ […]