अर्थ/बजार

६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोड बढीको नोक्सान

ललितपुर। दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ । गत […]

कोरोना असर : भण्डारमै थन्किए अलैँची र अदुवा

इलाम।  कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् […]

कृषि बजेटमा १४ अर्ब रकम अनुदान उपलब्ध हुने

ललितपुर। आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कृषि क्षेत्रको बजेटमा भारी कटौती भए पनि अनुदान रकममा भने बृद्धि गरिने भएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले सो विषयमा जानकारी गराएका थिए । आगामी आवका लागि झन्डै चार प्रतिशत अर्थात् रु ३६ […]

चिया निकासीमा कोरोना झमेला

इलाम। विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । […]

खाद्यान्न उपलब्ध गराउन उपत्यकाका ४ ठाउँमा सरकारी पसल

ललितपुर। निषेधाज्ञा जारी भएपछि उपत्यकाभित्रको खाद्यान्न आपूर्ति व्यवस्था सहजीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकाका ४ स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको छ । काठमाडौंको थापाथली र रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहज बिक्री केन्द्र तोकिएको खाद्य कम्पनीले जनाएको छ । यी बिक्री केन्द्रहरुमा बासमती लगायतका विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी […]

महबाट वर्षमा २० लाख आम्दानी

बाँके। कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त छन्। कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उहाँहरुको दिनचर्या बित्छ । मौरीलाई आधार […]

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ । व्यावसायिक कृषि गर्नेलाई सुलभ कृषि कर्जा प्रदान गर्न नगरपालिका र नेपाल बैंक लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको […]

सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

सर्लाही। कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु. ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी […]

बाँस बिक्रीबाट मनग्य आम्दानी

विराटनगर। लगनशील भई काम गर्दा प्राप्त हुने आत्मसन्तुष्टि नै ठूलो हुने उदाहरण बाँस बिक्रेताबाट देखिएको छ । विराटनगर–११ केशलीया नदी सडक छेउमा विगत ३० वर्षदेखि बाँस बेच्दै आएका जुगल मण्डलले सो कुराको पुष्टि गरेका छन् । उनले मेहनत र लगनशील भएर काम गर्दा परिवारको पालनपोषण र मासिकरुपमा राम्रो आम्दानी गर्न सफल हुने बताए । बाँसको […]

अन्नपूर्ण चिनी मिलले उखु किसानको १७ करोड बढी बक्यौता तिर्‍यो

सर्लाही। वर्षौंदेखि उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगले उखु किसानको सम्पुर्ण बक्यौता भुक्तानी गरेको छ । गत माघ १४ गते काठमाडौं त्रिपुरेश्वर स्थित निवासबाट चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेपछि किसानलाई भुक्तानी दिन सुरु गरेको थियो । माघ १५ गते उद्योगले १२ करोड ६३ लाख ७२ हजार रुपैयाँ […]