अर्थ/बजार

कोरोनाको कहरः दैनिक २२ करोड नोक्सान बेर्होदै पोल्ट्री क्षेत्र

चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु […]

कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के- के छ प्याकेजमा

ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ । साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक महिना सम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै ५०० भन्दा कम ब्रोईलर कुखुरा पाल्ने कृषकलाई अर्को पटकको […]

नवलपरासीमा केरा उत्पादन घट्ने चिन्ता

नवलपरासी । कोभिड–१९ को जोखिम नभएको भए यतिबेला केरा कृषक खेतमा व्यस्त हुने समय हो । केराको राम्रो उत्पादन गर्दै आएका पश्चिम नवलपरासीका कृषक यतिबेला समयमा केरा लगाएको खेतमा सिँचाइ गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्क तथा जैविक मल राख्न व्यस्त हुन्थे । कोरोना सङ्क्रमणको त्रास र लकडाउनलाई पालना गर्दै कृषक घरमै बसिरहेका छन् […]

कोरोना असर : ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

ललितपुर। गत सातासम्म प्रतिकिलो रु. ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु. १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु. १५ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा रु। पाँचबाट बढेर रु. १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको […]

सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण

लहान। कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले […]

कोरोना असर : दूध ढुवानी ठप्प

बागलुङ। कोरोनाभाइरस कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । […]

अदुवा पखाल्ने पोखरी प्रयोग बिहिन

सल्यान। जिल्लामा अदुवा पखाल्नका लागि निमार्ण गरिएका पोखरी प्रयोग विहिन भएका छन् । पोखरीमा सफा गरेर बजारीकरण गर्न निमार्ण गरिएका पोखरी प्रयोग विहिन बनेका हुन ।जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा चार लाख ४० हजारको लागतमा निमार्ण गरिएका दुई पोखरी प्रयोग विहिन बनेका छन् । सुरुका केही बर्ष प्रयोगमा आएपनि व्यापारी सिधै किसानको बारीमै गएर […]

बजार नपाउँदा केरा उत्पादक किसान मारमा

बागलुङ। बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय सो खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् । आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबाली मासेर लगाएको केराले बजार पाउन छाडेको […]

पाएन अदुवाले उचित मूल्य

तनहुँ । अदुवाको उचित मूल्य नपाएपछि तनहुँका व्यावसायिक अदुवा कृषक चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् । आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । ‘अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ’ , […]

प्रमुख आयस्रोत बन्दै मह

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ । धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन् । सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । स्थानीय ५३ वर्षीय […]