ललितपुर। उत्पादनमा कमी आउँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट लागू हुने गरी क्रेटमा १५ रुपैंया बढाएर अण्डको मूल्य तोकेको हो । संघका अनुसार हाल सानो अण्डाको मूल्य बाहेक सबैको भाउ महँगिएको छ ।
एक्सएल अण्डा प्रति क्रेट ६०५ रुपैंया पुगेको छ । ठूलो अण्डा प्रति क्रेट ५९० रुपैंया र मिडियम प्रति क्रेट ५५० रुपैंया भएको छ । सानो अण्डा प्रति क्रेट ४५८ रुपैंया छ । यो फार्म समर्थित मूल्य हो भने उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैंया छ । यसअघि एक्सएल अण्डा प्रति क्रेट ५९० रुपैंया थियो । ठूलो अण्डा ५७५ रुपैंया, मिडियम अण्डा ५३५ र सानो अण्डा क्रेटको ४५८ रुपैंया थियो ।









