ललितपुर।  साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १ प्रतिशत भन्सारमा चिनी आयात गर्न पाउने भएका छन् । सरकारले चाडपर्वको मुखमा सुलभ दरमा चिनी उपलब्ध गराउन दुई संस्थालाई छुट भन्सार दरमा चिनी आयात गर्न दिएको हो । २ संस्थाले कुल २५ हजार टन चिनी आयात गर्नेछन् ।