ललितपुर। सरकारले भारतसँग जिुटजी (सरकार सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त परिमाणको मल खरिद गर्न लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बाढी तथा विपद्बाट प्रभावितलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने निर्णयसँगै सरकारले कृषि क्षेत्रका लागि आवश्यक डिएपी मलको आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।