ललितपुर। असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको हो।
प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा उत्साहजनक ८७.०८ प्रतिशत रोपाइँ भएको छ। अन्य प्रदेशहरूमा गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत र लुम्बिनीमा ५९.६ प्रतिशत रोपाइँ सकिएको छ। यस्तै, मधेश प्रदेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत रोपाइँ भइसकेको तुलनामा यस वर्षको असार मसान्तसम्मको प्रगति केही कम देखिएको हो । गत वर्ष साउन ४ गतेसम्मको अवधिमा ७२.१४ प्रतिशत रोपाइँ भएको थियो ।









