ललितपुर। किसानहरू आफ्नो मेहनत र पसिनाले मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर आन्दोलनमा उत्रिएका छन्।
आन्दोलित कृषकहरूले गोलभेंडाले उचित बजार र मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर विरोध प्रदर्शन गर्दै गोलभेंडाको उचित मूल्य तोक्न माग गरेका छन्। किसानको मेहेनत, श्रम र पसिनाको कदर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले किसानले एकदमै न्यून भाउमा गोलभेंडा बेच्न बाध्य भएको र उपभोक्ताले भने चर्को मूल्य तिरेर गोलभेंडा खरीद गर्न परेको भन्दै बिचौलिाको अन्त्य गर्न पनि माग गरेका छन्। साथै विदेशबाट तरकारी आयात रोक्न र कृषि बीमा लागू गर्न पनि पनि माग गरेका छन्।
कृषकहरूले ‘पसिनाको मूल्य देऊ’, ‘बिचौलियाको अन्त्य गर’, ‘बाहिरी तरकारी आयातमा प्रतिबन्ध गर’, ‘कृषि बीमा लागू गर’, ‘किसानलाई सही बजार व्यवस्थापन गर’ लेखिएको प्लेकार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्।
तस्विर : सामाजिक संजाल









