ललितपुर। ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक प्रर्वद्धन गर्न तिहारको बेला प्रत्येक वर्ष गोदावरी फूलको प्रदर्शनी आयोजना हुँदै आएको छ ।

जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६८ व्यावसायिक स्टल, २ प्रतियोगितात्मक स्टल, ४ अफिसियल स्टल र सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्ष रहेका छन् ।

४ दिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि लगातार पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ ।