आँपको विकृति रोग एउटा फङ्गल(fungal) रोग हो जसले आँपलाई असर गर्छ। यो संसारभरका धेरै आँप उत्पादन हुने क्षेत्रहरूमा पाइन्छ। आँपको विकृति रोगले फूल र पातको असामान्य वृद्धि गराउँछ, जसले गर्दा बिरुवाको वृद्धि र फलको उत्पादन घट्छ।

वितरण

  • आँपको विकृति रोग धेरै अन्तर्राष्ट्रिय आप उत्पादन हुने क्षेत्रमा पाइन्छ, जसमा अफ्रिका, एसिया, स्पेन र अमेरिकाहरू समावेश छन्।
  • Fusarium mangiferae पहिलोपटक अस्ट्रेलियामा २००७ मा पत्ता लाग्यो यो उत्तरी क्षेत्रमा पाइन्छ र २००९ मा Queensland मा देखिएको छुट्टै घटनाबाट सफलतापूर्वक उन्मूलन गरिएको छ।
  • Fusarium mexicanum अस्ट्रेलियामा पत्ता लागेको छैन।
  • Fusarium sterihyphosum अस्ट्रेलियामा आँप बाहेकको अन्य बिरुवामा पत्ता लागेको छ र आँप विकृति रोगसँग सम्बन्धित छैन।

लक्ष्णहरु

फूलहरु:

फूलहरू रोगले सबैभन्दा धेरै प्रभावित हुने बोटाका भाग हुन्। फुलका डाँठहरू(पेनिकलहरू) छोटा, बाक्ला र अत्याधिक हाँगाहरु भएका हुन्छन्, जसमा सामान्य भन्दा तीन गुणासम्म बढी फूलहरू उत्पादन हुन्छन्। फूलहरू आफैं पनि ठूला,बाँझो हुन सक्छन् र फल फलाउँदैनन्।पेनिकलहरूले फूलहरूका सट्टा साना र बाङ्गिएका पातहरू पनि बनाउन सक्छन्।

हाँगाहरु:

हाँगाहरूका पात स्वास्थ्य बिरुवाहरूको भन्दा धेरै साना हुन्छन्।

बिरुवाको अवस्था र प्रभावित भागहरू

आँपको विकृति रोगले कुनै पनि उमेरका आँपका रुखलाई असर गर्न सक्छ। रोग लागेको परिपक्क बिरुवाहरूमा पात, हाँगा र फूलको असामान्य वृद्धि देखिन सक्छ। नर्सरीका बिरुवाहरूमा यो रोगको कारण पातको विकृति वृद्धि हुने हुँदा बिरुवा साना रहन सक्छन्।

भ्रममा पार्न सक्छ

रुखको आकार घटाउन र फल उत्पादन बढाउन केही बिरुवा वृद्धि नियन्त्रक रासायनिकहरूको अत्याधिक प्रयोगले पनि हाँगाका अन्तरकाण्डहरू छोटो बनाउँछ, जसले गर्दा पातहरू घना, घुम्रिएको रोसेट आकारमा देखिन्छन्। फूलका पेनिकलहरूमा पनि धेरै फूलहरू हुन सक्छन्। जडीबुटी मार्ने रसायनको असर वा अन्य वातावरणीय समस्याले पनि विकृत पात र हाँगा उत्पादन गर्न सक्छ, वा अनियमित वृद्धि देखिन सक्छ जसलाई आँप विकृति रोगसँग भ्रमित गर्न सकिन्छ।

कसरी फैलिन्छ

बगैंचाभित्र रोग विस्तार फैलिन्छ। फङ्गसका स्पोरहरूको (कोनिडिया) हावाको बहाव, ओसका थोपा वा पानीको छिटा, वा झरेको संक्रमित बिरुवाका टुक्रा र रुखहरु बीच फैलिन सक्छन्

विदेशमा नर्सरीका बिरुवामा हुने गम्भीर संक्रमण संक्रमित आँपका रुखहरूको छायाँमुनि बिउ र साना रुखहरू हुर्काउनसँग सम्बन्धित हुन सक्छ।

अनुगमन र कार्य

फूल फुल्ने मौसममा आँपका रुखहरूमा असामान्य रुपमा साना, बाक्ला, अत्याधिक हाँगाहरु भएका फूलका पेनिकहरुलाई जाँच गर्नुपर्छ जसले सामान्यभन्दा ठूलो वा धेरै मात्रामा फूलहरू उत्पादन गर्छन्। फूलका ठाउँमा पेनिकल भित्र साना र विकृत पातहरू उम्रिरहेको छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ। विकृत पात हाँगाहरूको वर्षभरि जाँच गर्नुपर्छ। प्रभावित डाँठहरूमा साना पातहरू हुन्छन् जुन घना शीर्ष देखिन्छन्।